Need Help ?
Call: +977- 075520119

जि. शि. अ.

सङ्गिता रेग्मी

परिवर्तित समय र परिवेशलाई आत्मसातगर्दै आफुलाई पनि आधुनिकिकरण गर्नु पर्ने हुन्छ तसर्थ जिल्ला शिक्षा कार्यालय पाल्पाद्धारा सम्पादन गरिएका कार्यहरुलाई पारदर्शी गराई  सेवाप्रवाहमा सरलता ल्याउने उद्येश्यका साथ यस कार्यको थालनी गरिएको छ। वर्तमान शैक्षिक योजनाहरुमा पहुच, गुणस्तर, विकेन्द्रिकरण र समावेशीपनलाई समावेशी न्यायोचित वितरण प्रणाली अबलम्बनगर्दै जाने हाम्रो प्रयासलाई यस कार्यको थालनीले सहयोग गर्ने छ भन्ने आशा गरेका छौं। वास्तविक र वस्तुनिष्ठ तथ्यांकलिने र सुचनादिनका लागि थालनी गरिएको यस कार्यवाट हाम्रो जावफदेहितामा वढोत्तरी आउने, सिकारुहरुको सर्वोच्चता सुनिश्चितिकरण हुने  र शैक्षिक शुसाशन कायम हुने विश्वास गरिएको छ। नेटवर्क मार्फत आफ्ना गतिविधिहरुलाई सार्वजनिक गर्न लागिएको यो हाम्रो पहिलो प्रयास हो। हाम्रो यस कार्यलाई अझ बढी प्रभावकारी गराई कार्यशैलीमा परिवर्तन र सुधार ल्याउन सम्बन्धित सरोकारवालाहरुको रचनात्मक सल्लाह सुझावका लागि हार्दिक अपिल गर्दछौ ।